झापामा दुर्घटना १ को मृत्यु
झापा । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तरगत कनकाई नगरपालिका ४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेललेको उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुरुङगाले टिपर चालक मकवानपुर जिल्ला गढी गाउँपालिका ८ निवासी २३ वर्षीय मनरत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

