२०८३ कार्तिक १, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

प्रेम गीत ३ को स्वदेश तथा विदेशमा विशेष चर्चा रहेको छ । दमकको सुविधा सम्पन्न दमक महलमा रहेको डिम्याक्स सिनेमा हलमा गएर चलचित्र हेरियो । नाम अनुसार धेरैलाई लाग्दो हो यसमा प्रेम कथा छ । हो, प्रेम कथा त छ तर त्यो प्रेम कथाले मन भने खास छुवाउने देखिन्न । अन्तिम आधा घण्टाको समय भने गम्भिर बनाउने रहेछ ।

दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित ऐतिहासिक एक्सन चलचित्रको रुपमा रहेको प्रेम गीत ३ मा सत्ताका लागि उ बेला राजाहरुले के सम्म गर्छन् र राजा बन्न के सम्म हुँदो रहेछ भन्ने देखाईको रहेछ । एकातिर स्वार्थका लागि दरबारभित्र हुने प्रेम विहिनता र कठोरता देखाईएको छ भने अर्कोतर्फ दरबार भित्रको सम्भावित राजाको बाहिरि प्रेम ।

‘प्रेमगीत ३ मा दाजुभाइबीच राजगद्दी हत्याउने षड्यन्त्रको कथा रहेको छ । अन्तिममा दुबैले राजगद्धि पाउदैनन् । भारतीय फिल्म ‘बाहुबली’को झल्को भने पाईन्छ । कथा उस्तैउस्तै जस्तो पनि लाग्छ । ईर्ष्या, प्रेम र षड्यन्त्रको पेरिफेरिमा चलचित्र घुमेको छ ।

फिल्म हेरिरहदा निन्द्रा लाग्ने वा अल्छि लाग्ने खास ठाँउ भेटिन्न तर बाहिरि चर्चा जे छ त्यो अनुसार भने मैले पाईन । तर भारतीय फिल्महरुको जस्तो झल्को भने नेपाली चलिचितत्रले दिएको छ । चलचित्रमा समावेश भएको सिनहरु भने गजव छ । नेपालको सुन्दर ठाँउले चलचित्रको शोभा बढाएको छ ।

नेपाली फिल्म भारतिय बजारमा मात्रै होइन, भारतिय भाषा समाबेश गरेर संसारभरका दर्शकसम्म पुग्नु सफलता हो । नेपाली चलचित्रमा आईरहेका माया प्रेमसंंग समबन्धित बिषयबस्तुभन्दा बाहिर अर्थात पुरानो एउटा कथालाई चलचित्रमा उतारेर बिश्वसामु पुर्याईएको छ ।