झापा क्षेत्र नं. ५ काँग्रेसले हाप्यो, माओबादीले पायो
दमक/ केन्द्रिय स्तरमा गठबन्धनले भागबन्डा मिलाउने क्रममा नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन लड्न लागेको झापा ५ मा काँग्रेसले उम्मेद्वार नबनाउने भएको छ । उसले भागबन्डामा माओवादी केन्द्रले ४४ सिट पाउने निश्चित भएको र यसमा झापा ५ पनि परेको हो ।
यस जिल्लामा क्षेत्र नं. २ पनि माओबादी केन्द्रको भागमा परेको छ । यसभन्दा अघि राम कार्की विजयी भएको १ नम्बरमा भने विश्वप्रकाश शर्मालाई माओबादी केन्द्रले छाड्ने केन्द्रिय स्तरमा सहमति भएको बताईन्छ । हिजो साँझ अबेर गठबन्धनको कार्यदलले निर्वाचन क्षेत्रहरुको बिषयमा टुंगो लगाएको बताईएको छ ।
औपचारिक रुपमा सहमति र हस्ताक्षर भइनसकेको काँग्रेसका एक नेताले बताउनु भएको छ । एक प्रकारले अन्तिम टुंगो लागेको हो तर लिखित रुपमा हस्ताक्षर नभएसम्म केहि फेरबदल पनि हुनसक्छ, ति नेताले भने ।
माओबादी केन्द्रले रञ्जित तामाङलाई गठबन्धनको तर्फबाट अघि सार्ने तयारी गरेको छ । तामाङ केहि समयअघि देखि दमकमा नै घर लिएर बस्दै आएकाछन् । उनले बारम्बार आफु ओलीसंग निर्वाचन लड्ने सार्वजनिक रुपमा अभिब्यक्ति पनि दिदै आएका थिए ।

