२०८३ कार्तिक २, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक ९ स्थित शुभविहानी टोलबिकास संस्थाले परम्परागत लिङ्गे पिङ लगाएको छ । वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराईको उपस्थितिमा शुभकामना आदनप्रदान सहित उक्ते पिङ उद्घाटन भएको छ । भट्टराईले परम्परालाई जगेर्ना गर्ने काम भएको भन्दै खुशि प्रकट गरे ।

टोल विकास संस्थाका अध्यक्ष सन्दिप चापागाई दीपु को आर्थिक सहयोगमा पिङ बनेको हो । पिङ हराउदै गएकाले टोलबासीहरुको भावाना अनुसार पिङ लगाईएको चापागाईले बताए । पिङ खेल्नलाई स्थानीयहरु लाइन बसेका थिए । बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको, दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ भनिन्छ।

पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ।

नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ।

विशेषगरी दशैंको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरूलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरूको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।