२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

पोखरेल सहित तोयानाथ चापागाईं र बिष्णु प्रसाद भट्टराई ग्लोबल लिटरेरी अवार्ड २०२२ बाट सम्मानित

दमक/ अंग्रेजी साहित्यमा विशिष्ट योगदान दिने झापाका तीन लेखक तथा साहित्यकारहरु भारतमा सम्मानित बनेकाछन् । उनिहरुलाई भारतको बैंग्लोरमा सम्मान गरिएको हो । दमकका पुराना लेखक एवं साहित्यकार खेमलाल पोख्रेल सहित तोयानाथ चापागाईं र बिष्णु प्रसाद भट्टराई ग्लोबल लिटरेरी अवार्ड २०२२ बाट सम्मानित भएका हुन ।

अङ्ग्रेजी साहित्यको विश्व प्रसिद्ध संस्था मोटिवेसनल स्ट्रिप्स र गुजरात साहित्य परिषदले संयुक्त रूपमा हरेक बर्ष प्रदान गर्दै आएको सो अवार्डबाट उनीहरु सम्मानित भएका हुन । पोखरेललाई अवार्ड सहित साइनो अभियन्ता सम्मान समेत प्रदान गरिएको छ । सो अवसरमा पञ्जाबकी लेखिकाद्धारा लिखत द ओपेरा पन्जाब कविता संग्रहको पनि विमोचन भएको थियो ।

सौन्दर्य एडुकेसनल फाउन्डेसन बैंगलोर,कर्नाटकमा एक भब्य कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता शिजु एच पाथेलजीले गरेका थिए उनि मोटिवेसनल स्टृप्स, अङ्रेजी भाषा साहित्यको बिश्व प्रसिद्ध साहित्यिक मन्चका संस्थापक हुन् । गुजरात साहित्य परिषदका अध्यक्ष बिष्णु पाण्डेयको प्रमुख आतिथ्य रहेको थियोे । तीनजना झापालीसहित बिभिन्न देशका ४० भन्दा बढी साहित्यकार सम्मानित भएका थिए ।