२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईका पिता तथा दमक नगरपालिकाकी उपप्रमुख  रेगिना भट्टराई प्रसाईका ससुराबुबा, नेकपा एमालेकी नेतृ सुमित्रा प्रसाईका श्रीमान् समाजसेवी एवंं शिक्षासेवी ८१ बर्षिय कोमल प्रसाईको निधन भएको छ ।

सोमबार साँझ ६.४५ वजे उपचारका क्रममा काठमाडौस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यनको निधन भएको हो । लामो समयदेखि उहाँ उपचाररत रहनु भएको थियो ।

प्रसाईले आफ्नो जीवन भोगाईका अनुभवहरुलाई पुस्तकमार्फत बजारमा पनि ल्याउनु भएको थियो । उहाँले ‘जीवन यात्रा ’ नामक कृति मार्फत आफ्नो जीवनको आरोह अवरोह र भोगाईलाई बाहिर ल्याउनु भएको थियो ।

प्रसाईं ट्रष्ट कल्याणकारी कोषका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध स्व।प्रसाईका श्रीमती सुमित्रा चुडाल प्रसाई ,दुई छोरा मिलन र प्रकाश तथा छोरी लक्ष्मी प्रसाईं उप्रेती छन् ।

स्व.प्रसाईको पार्थिव शरीर मंगलवार झापाको कन्काई माई घाटमा विहान ११ बजे अन्त्येष्टिका लागि लगिने पारिवारिक स्रोतलले जनाएको छ ।