रोटरी क्लव अफ दमकको १२ औ बार्षिकोत्सव
दमक/सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोटरी क्लव अफ दमकले १२ औ बार्षिकोत्सव मनाएको छ । दमकको गणतन्त्रचोकमा रक्तदान गरेर आफ्नो बार्षिकोत्सव मनाएको हो ।
क्लवका अध्यक्ष पशुपति बरालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले रोटरी क्लव अफ दमकले दमक र आसपासको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै नगरपालिकाको सहकार्य सधै रहने बताइन् ।
