झापामा दुई जनाको शव फेला
झापाको चारआली जंगलमा दुई जनाको शव फेला परेको छ । साेमबार अपरान्ह महिला र पुरुषको लास भेटिएको हाे । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महताेले घटनाकाे पुष्टि गरेका छन् ।
डीएसपी महताेले महिलाकाे शव भुँइमा र पुरुषको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । तर, मृतककाे परिचय भने खुलिसकेको छैन् ।

