२०८३ असार १३, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमकमा मंगलवार साँझ राँके जुलुस निकाल्ने क्रममा भएको झडपमा परेर दूई दर्जनभन्दा बढि घाइते बनेकाछन् । प्रहरी र प्रदर्शनकारी दुबैपक्षका घाईते भएकाहुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भिडलाई तितर बितर गर्न १९ सेल अश्रुग्यास, पाँच राउन्ड ब्ल्यांक फायर र एक राउन्ड हवाई फायर भएको छ ।

प्रहरी नायव उपरिक्षक मनोजकुमार लामा सहित १० प्रहरी घाईते भएको प्रहरीको भनाई छ । १२ जना प्रदर्शनकारीहरु घाईते बनेकाछन् । प्रहरीले चलाएको गोलीको छर्रा लागेर दीक्षा क्षेत्री र गजेन्द्र फागो गम्भिर घाइते बनेको बताईएको छ । करिब ८ बजेपछि दमकको अवस्था सामान्य बनेको छ ।