२०८३ कार्तिक १, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमक सहित देशभर प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको थियो । पुर्व र विशेष गरेर दमक नेपाली चलचित्रको राम्रो दर्शक भएको ठाँउ पनि हो ।

दमकमा रहेको सुविधा सम्पन्न दमक महलमा रहेको डिम्याक्स सिनेमामा लगातर जारी हेर्नेको भिड रहदै आएको छ । यसै सिलसिलामा मंगलवार चलचित्रको एक टोली यहाँ आएको थियो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । मंगलवार सुब्बा सहित नायिक मिरुना मगर पनि दमक आएकी हुन् ।

‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरेको छ ।

डि म्याक्सका प्रवन्धक बुद्धि पाण्डेका अनुसार जारीले राम्रो दर्शको साथ पाएको छ । एकै जनाले पनि पटकपटक चलिचित्र हेरेको उनले बताए । कलाकारहरु समेत आएपछि थप रौनक आएको उनले जनाए ।