दमकमा अस्पतालहरुको मनपरी ! २४ सै घण्टा भिडियो एक्स -रे सुविधा पनि पाईन्न
विष्णुप्रसाद पोखरेल
मैले जे देखे त्यहि लेखेँ
दमक/ झापाको दमकमा अस्पतालहरु त थुप्रै रहेकाछन् । अनि आफुलाई अब्बल सेवा दिने भनेर भरपुर रुपमा भन्ने पनि गरेकाछन् । सरकारी दमक अस्पतालदेखि लिएर अहिले भर्खरै खुल्न लागेको तर अनुमति नै नलिई चलेको सौर्य अस्पतालसम्म हेर्यो भने उदेक लाग्दो रहेको छ । अब यस्ता अस्पतालहरुले सञ्चालन स्वीकृती र सञ्चालन स्वीकृती पाएका अस्पतालको नविकरणका लागि नगरले अनुगमन गरेर मापदण्डमा ल्याउछ वा ल्याउदैन त्यो हेर्न बाँकी छ ।
सामुदायिक उन्मुख आम्दा अस्पताल र पुर्णरुपमा नीजि लाइफलाइन अस्पताल दमकका ठुला अस्पतालमा पर्छन् । नीजि दमक अस्पताल, एडभान्स हस्पिटल, निम्स हस्पिटलले पनि सेवा विस्तार गरिरहेको भनेर प्रचार गरिरहेकाछन् । अझ गजवको कुरा त के छ भने सरकारी दमक अस्पताल सहित दमकका कुनै पनि अस्पतालहरुमा २४ सै घण्टा भिडियो एक्स रे सुविधा उपलब्ध छैन । तर गर्नै नपर्ने अवस्थामा समेत नीजि अस्पतालमा सिटि स्क्यान गराईने गरेको छ । अस्पतालका ल्यावहरुमा एकजना पनि ल्याव बिज्ञ पनि छैनन् ।
“दमक अस्पताल संचालन कार्यविधि,२०७८” को परिच्छेद २ को १ नम्बरमा १५ शैयाको क्षमता भएको यस अस्पतालमा सेवाग्राहीहरुको अत्याधिक चापलाई मध्यनजर गरी अस्पतालमा उपलब्ध श्रोत साधन तथा जनशक्तिको अधिकतम प्रयोग गरी अस्पतालबाट प्रदान गरिने सेवाहरुलाई गुणस्तरीय तथा सर्बसुलभ बनाई स्तरीय उपचार सेवा प्रदान गरिने छ भन्ने उल्लेख छ । तर उक्त अस्पताल गयो भने कस्तो छ भन्ने देख्न सकिन्छ । एउटा सामान्य जाँचका लागि करिब ३ दिन समय बिताउनुपर्छ ।
अस्पतालमा रेडियोलोजी बिशेषज्ञ चिकित्सकको दरवन्दी नभएको र अस्पतालमा यु.एस.जी. (भिडियो एक्स रे) सेवा लिन आउने सेवाग्राहीहरुको संख्या अत्याधिक भएकोले सो सेवा सञ्चालन नगरिएमा अस्पताललाई हानी हुने र सेवाग्राहीहरुले सेवा नपाई अन्यत्र जानु पर्ने वाध्यता भएको हुदा भिडियो एक्स रे गर्ने विशेषज्ञ चिकित्सकलाई सेवा करार गरी प्रति विरामी भिडियो एक्स–रे बापत हुन आउने रकमको ६० प्रतिशत रकम संस्थालाई र बाँकी ४० प्रतिशत सेवाप्रदायक चिकित्सक लाई प्रदान गरि सेवा नियमित संचालन गर्न सकिनेछ, कार्यविधिमा उल्लेख छ ।

दमक नगर स्वास्थ्य तथा सरसफाइ नियमावलीमा स्पष्ट रुपमा अस्पतालहरुले गर्नै पर्ने ब्यवस्था गरेको कतिपय बिषयबस्तुहरु कार्यन्वयनमा आएका छैनन् । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याई नगरपालिका, वडा कार्यालयले सिफारिस गरेका विरामीलाई अनिवार्य, निःशुल्क उपचार सेवा उपलब्ध गराउनु पर्ने र सो को अभिलेख सहितको प्रतिवेदन नगरपालिकामा पठाउनु पर्ने । अस्पतालहरुमा जेष्ठ नागरिकका लागि विशेष किसिमको सुविधा दिनु पर्ने, नियामवलीमा उल्लेख छ ।
दमक नगर स्वास्थ्य तथा सरसफाइ नियमावली २०७८ मा स्पष्ट रुपमा अस्पतालहरुले गर्नै पर्ने ब्यवस्था गरेको कतिपय बिषयबस्तुहरु कार्यन्वयनमा आएका छैनन् । अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याई नगरपालिका, वडा कार्यालयले सिफारिस गरेका विरामीलाई अनिवार्य, निःशुल्क उपचार सेवा उपलब्ध गराउनु पर्ने र सो को अभिलेख सहितको प्रतिवेदन नगरपालिकामा पठाउनु पर्ने । अस्पतालहरुमा जेष्ठ नागरिकका लागि विशेष किसिमको सुविधा दिनु पर्ने, नियामवलीमा उल्लेख छ । स्वास्थ्य संस्थाले बहिरंग सेवाप्रदान गर्ने चिकित्सकहरू उपलव्ध हुने समय, तालिका (दिन र बार खुल्ने गरी) सवैले देख्ने ठाँउमा राखिएको हुनु पर्ने, पनि उल्लेख छ ।
नगरपालिकाले जारी गरेको नियामवलीमा अस्पतालहरुले लिने सेवा शुल्क निर्धारण समितिको ब्यवस्था गरेको छ र त्यसै अनुसार सेवा शुल्क लिनु पर्ने हो । स्वस्थ्य संस्थाहरुले संचालन गर्ने सेवा
बापतको शुल्क निर्धारण गर्नका लागि कार्यपालिकाले उप प्रमुखको संयोजकत्वमा स्वास्थ्य क्षेत्रका विज्ञ समेत संलग्न ३ सदस्यीय सेवा शुल्क निर्धारण समिति गठन गर्नेछ, नियामवलीमा भनिएको छ । समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाले शुल्क निर्धारण गर्नेछ, सो नियामवलीमा उल्लेख छ ।
नेपालको संविधान २०७२ ले सम्पूर्ण नागरिकको लागि आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ ।आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने एकल अधिकार मूलतः अभिभारा स्थानीय सरकारलाई छ । तर स्थानीय सरकार स्वास्थ्य क्षेत्रमा गम्भिर देखिन्न ।

