२०८३ असार १३, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ दमक नगरपालिकाका कार्यपालिका सदस्य एवं नेकपा एमालेका नेता लोकबहादुर धिमालकी पत्नी ६४ बर्षिया हिरादेवी धिमालको अचानक मोटरसाइकलबाट लडेर मृत्यु भएको छ । दमक ९ स्थित पाणिनी मावि नजिकै दक्षिणतर्फबाट धिमाल दम्पती आज दिउँसो करिब २ बजे मोटरसाइकलमा घर तर्फ आउँदै थिए ।

अचानक आँखा तिरमिराएका कारण आफैं मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।  तत्काल धिमाल दम्पतीलाई उद्धार गरी अस्पताल पुरयाइएकोमा श्रीमती हिरादेवीलाई आजै साँझ विर्तामोडस्थित बिएण्डसी अस्पतालले मृत घोषणा गरेको दमक ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मोटरसाइकलबाट लडेका कार्यपालिका सदस्य तथा नेता धिमाल समेत सामान्य घाईते भएका छन । उनीहरु राजघाटमा रहेको ससुराली घर पुगेर फर्किने क्रममा सो दुर्घटना भएको वडाध्यक्ष भट्टराईले बताए ।