दमकको शब्जि बजारमा अचाक्लि मूल्य, बिर्तामोडमा १२ रुपियामा पाइने टमाटर दमकमा ५० रुपिया किलो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको बिर्तामोडमा सोमबार टमाटरको अधिकत्म मूल्य २० रुपिया प्रतिकिलो र न्यूनतम मूल्य १२ रहेको थियो । कोशी प्रदेशले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत ल्याएको स्वचालित मूल्य प्रणाली अन्र्तगत बिर्तामोडमा पाइने शब्जि तथा फलफुलको मूल्य भन्दा दमकमा दोब्बर पर्न आउछ ।
उक्त मूल्य सूचि र दमकको मूल्य सूचि फरक बुझ्न जाँदा केहि सामाग्रि पनि त्यहाँ तोकिएको मूल्यमा पाइदैन । मंगलवार अपरान्ह गएर ३ वटा पसलमा टमाटरको मूल्य सोध्दा एक ठाँउ ४५ रुपिया र अन्य २ ठाँउमा ५० रुपिया भनेको पाईयो । ३२ किलोमिटर क्षेत्र र एउटै जिल्लामा टमाटरको मूल्यमा यति बिघ्न फरक रहेको छ । अझ ठाँउठाँउमा १० रुपियामा पनि नबिकेर टमाटर खेर गएको पनि समचार आइरहेको छ ।
बिर्तामोड बजारमा बोडिको न्यूनतम मूल्य प्रति किलो १५ र अधिकत्म मूल्य २० रुपिया रहेको छ । तर दमकमा बोडि ४० रुपिया प्रतिकिलो बिक्रि भइरहेको छ । ५ रुपियासम्म पसल अनुसार फरक मूल्य रहेपनि अधिकाँश पसलमा मन्त्रालयले तोकेको मूल्य भन्दा दोब्बर मूल्य यहाँ लिइने गरेको छ ।
दमकका तरकारीका एक होलसेल ब्यवसायीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार टमाटरको अधिकत्म होलसेल मूल्य दमक आइपुग्दा रु १५ नै प्रतिकिलो हो । विहानै खुद्रा ब्याापारीहरुले सबै लिने र आफ्नो मूल्य राख्ने गरेकाछन् । होलसेल मूल्य र खुद्रा मूल्य बीचको अन्तर राखेर स्थानीय सरकारले तथा सरोकारवालाले मूल्य सूचि टाँस गर्दिने हो भने यति बिघ्न नाफा उपभोक्ताबाट ब्यापारीले लिन पाउने अवस्था रहन्न ।
कृषि बजार, कोशी प्रदेशले सञ्चालन गरेको आधिकारी वेभसाइटका अनुसार कृषि मूल्य सूचना प्रणाली किसान वा सम्बन्धित सरोकारवालाहरूलाई उनीहरूको कृषि उत्पादनहरू उचित समयमा र उचित मूल्यमा खरिद वा बिक्री गर्न उपयुक्त निर्णय लिन मद्दत गर्नको लागि समयमै बजार मूल्य जानकारी उपलब्ध गर्न गराउनका लागि स्थापना गरिएको प्रणाली हो ।
समयमै प्राप्त भएको मूल्यको जानकारीका आधारमा कृषक, व्यापारी, सरकारी अधिकारी, उपभोक्ता र सरोकारवालाले प्रतिस्पर्धात्मक तवरले कृषि उपज बजारलाई प्रवद्र्धन गरी प्रभावकारी रूपमा आफ्ना निर्णयहरू गर्न सक्षम हुनसक्छन । तर दमकमा यस्तो छैन ।

