२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमकमा रहेको डिम्याक्स सिनेमाले ‘आदिपुरुष’ चलचित्र नचलाउने भएको छ । आफै स्वविबेक यस्तो निर्णय गरेको जनाईएकोछ । नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार हुने गरी हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलगका कारण उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गर्दै यो चलचित्र नचलाउने निर्णय भएको सञ्चालक रेवत बस्नेतले बताए ।

हलले आफ्नो आधिकारीक पेजमा राखेको सूचना

नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार हुने गरी हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलगका कारण उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गर्दै हिन्दी फिल्म ‘आदिपुरुष’को सम्पूर्ण ‘शो’ रोक्ने निर्णय भएको जानकारी गराउदछौँ । सोमबार साँझ 7:30 बजेको ‘शो’का लागि भएको टिकट बुकिङ पनि रद्ध गरिएको छ ।