सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजनाको लागि स्वास्थ्य संस्था छनौटमा लाइफलाइन अस्पताल
दमक/ झापाको दमकस्थित लाइफलाइन अस्पतालले विहान ८ बजेदेखि ओपिडि सेवा शुचारु गरेको जनाएको छ । विहानैदेखि विरामीहरुले विशेषज्ञ सेवा लिनसक्ने जनाईएको हो । हामी विहान ७ बजेदेखि साँझसम्म नै भिडियो एक्स रे सेवा प्रदान गर्ने तयारीमा पनि छौ, लाइफलाइन अस्पतालका अध्यक्ष प्रेमबहादुर देवकोटाले बताए ।
सामाजिक सुरक्षा कोषमा जोडिएकाहरुको स्वास्थ्य बिमा अन्र्तगतको सुविधाका लागि यो अस्पताल सुचिकृत भएको पनि जानकारी दिईएको छ । सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजनाको लागि स्वास्थ्य संस्था छनौटको क्रममा लाइफलाइन अस्पताल पनि परेको बताईएको छ ।
हामी सेवालाई प्रभावकारी र समयअनुकुल बनाउदै लैजाने सोचले अघि बढेका छौ, देवकोटाले भने । नेफ्रोलोजिष्ट, मानसिक रोग विशेषज्ञ, स्त्री रोग, बाल रोगदेखि लिएर बिभिन्न बिशेषज्ञहरुको सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।
लाइफलाइन अस्पतालमा आईसियु, एनआईसियु, नेपाल सरकारद्धारा स्वीकृत डायलसिस सेवाहरु पनि रहेको छ । दमकमा रहेका नीजि अस्पतालहरुमध्येमा यो पुरानो अस्पताल हो । शैक्षिक कार्यक्रम अन्र्तगत लाइफलाइन अस्पताल शैक्षिक प्रतिष्ठान मार्फत स्वास्थ्य क्षेत्रका जनशक्ति पनि उत्पादन गर्दै आएको छ ।

