२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल
दमक/ ईलामको चुलाचुली गाँउपालिकामा यतिखेर तरुल प्रकरणले गर्दा खैलाबैला मच्चिएको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा तरुल खेती नै नगरेका किसानहरुलाई तरुल खेती गरेको भनेर प्रोत्साहन रकम बितरण गरेको आरोप लगाउदै यस बिषयमा छानविन हुनुपर्ने माग उठेको छ ।

चुलाचुलीमा तरुल खेती नै नगर्नेले अनुदान कुम्ल्याएको, थोरै खेती गरेकाले धेरै खेती गरेको देखाएर झ्याप्प पैसा लिएको, वडाध्यक्ष र वडासदस्यका आफन्तले अरुको धनीपुर्जा बटुलेर धेरै खेती गरेको देखाएर धेरै नै अनुदान लिएको जस्ता बिषयले अहिले चर्चा पाएको छ ।

नेकपा एमाले गाँउ कमिटी चुलाचुलीका कार्यक्रम संयोजक अनुप अधिकारीले हस्ताक्षर गरेर गाँउपालिकालाई यस बिषयमा छानविन गर्न माग गरेकाछन् भने प्रेस बिज्ञप्ति जारी गर्दै वास्तविक किसानले तरुल खेतीका लागि प्रोत्साहन अनुदान नपाएको जनाएकाछन् ।

हामी किसानसम्म पुगेर बुझेर नै यो बिषय उठाएका हौ, अधिकारीले भने । जुन किसानको नाममा अनुदान गएको छ त्यो किसानले नै आफुले तरुल नलगाएको भनेको अवस्था छ, उनले भने ।

स्थलगत गएर हेर्दा खेती नगरेकाले अनुदान लिएकाले हामीले आपत्ती जनाएका हौ र यस बिषयमा छानविनहोस भनेका छौ, अधिकारी भन्छन् । वास्तविक किसानले अनुदान पाउनु पर्छ भन्ने कुरा हो तर राजनीति गरेको भनेर उल्टै बिषयलाई मोड्ने कुचेष्टा गाँउपालिकाले गरिरहेको छ, अधिकारी भन्छन् ।

नेपाल सरकार (संघिय सरकार)बाट आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन हुने गरी निर्धाण गरेको शहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिवृद्धि कार्यक्रम अन्तर्गत विनियोजित श–सर्त अनुदानको ७० लाख रकम दुरुपयोग भएको बिषय बाहिर आएजस्तो नरहेको गाँउपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

अलि बढि राजनीति गर्न खोजियो, उनले भने । रकम फ्रिज नहोस भनेर हामीले कार्यविधि अनुसार नै किसानलाई रकम उपलब्ध गराएका छौ, उनको दाबी छ । वडाध्यक्ष तथा वडा सदस्यका परिवारका सदस्यहरु पनि किसान भएकाले मापदण्डभित्र परेपछि मात्र अनुदान पाएको हुनसक्ने उनको भनाइ छ ।

एउटा शिर्षकको कार्यक्रम अर्को शिर्षकमा लगेर रकम बाँडेको बिषयमा उनले त्यस्तो नभएको जिकिर गरे । सहकारी तथा कृषि समुहको साझेदारीमा तरुललाई प्रशोधन गर्ने मेसिन ल्याउन खोजिएको भएपनि त्यो सम्भव नभएपछि आफुहरुले तरुल खेती गर्ने किसानलाई मापदण्ड बनाएर प्रोत्साहन रकम उपलब्ध गराएको बताए ।

गाँउपालिकाले सोमबार जारी गरेको बिज्ञप्तिमा एउटा बुदामा राजनीतिक रुपमा आरोप लगाएको भनेर उल्लेख गरिएको छ भर्ने अर्को बुदामा यस बिषयमा छानविन गर्न समिति बनाएको भनिएको छ । पालिकाका प्रवक्ता वविन राईले जारी बिज्ञप्तिम पालिकाको कदमकको बचाउ गर्दै सबै काम नियम संगत गरेको दाबी गरेकाछन् । यद्यपी समिति बनाएको र छानविन गर्ने उनले जनाए । दूई महिना भित्रमा छानविन हुनेछ र सत्यतथ्य बाहिर आउनेछ, उनले भने ।