२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका दमक, धुलाबारी, शनिश्चरे र चन्द्रगढी भारी वर्षा भएको हो ।

महाशाखाले आज बिहान ६ बजे सूचना जारी गर्दै पछिल्लो तीन घण्टायता भारी वर्षा भएको उल्लेख गरेको छ । वर्षाका कारण बिरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले  उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रागडि आसपास पछिल्लो ३ घण्टामा भारी वर्षा भएको, विरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम; बिहान ७ बजे सम्म उच्च सतर्कता अपनाऔँ ।
जल तथा मौसम विज्ञान विभाग