२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/  झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमा गरेको अनैतिक घटनाको बिषयमा दमक नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । अपरान्ह एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा आएका बिषयहरुमा ध्यानकर्षण भएको दमक नगरपालिकाका प्रमुख राम थापाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यस बिषयमा सत्यतथ्यबुझि आवश्यक कार्वाहीका लागि मन्त्रालयमा पत्रचार गर्ने बिज्ञप्तिमा उल्लेख रहेको छ । नगरपालिकाको कुनै धारणा नआएको भन्दै आलोचना भइरहेको समयमा नगरपालिकाले संक्षिप्त धारणा सार्वजनिक गरेको हो ।

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई उपलब्ध गराएको क्वाटरमा एक युवतीले टिकटक लाइभ गरेकी थिइन् । उक्त लाइभमा निरौलाले ति युवतीको गालामा चुम्बन गरेको दृश्य रहेको छ भने आफ्नो श्रीमान् भएको समेत बताएकीछन् ।