कार्यपालिका सदस्य आउदा गेटमा रोक्नेले ति महिला र रक्सि ल्याउदा किन रोकिएन ?
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक नगरपाकिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला देखिएको विवादस्पद् भिडियो सार्वजनिक भएपछि यसले दमकमा मात्र नभएर देशभर चर्चा पाएको छ । दमकको बिषय अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ । एक महिलाले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई श्रीमानको रुपमा चिनाउदै टिकटक लाइभमा आएकीछन् । टिकटक लाइभ गरेको स्थान दमक नगरपालिकाको क्वाटर भएको बताईएको छ ।
नगरपालिकाका कार्यपालिका सदस्यहरुले निरौलालाई कार्यालय परिसरमा रोक लगाउन र हाजिर गर्न नदिन माग गरेकाछन् । दमक नगरपालिका प्रमुख रामकुमार थापालाई लिखित रुपमा ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेकाहुन् । सोमबार अपरान्ह नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुले यस बिषयमा गम्भिर छानविन गर्न माग राख्दै घटनाले आफुहरुलाई लज्जित बनाएको जनाएकाछन् ।
दमक नगरपालिका परिसरभित्र रहेको सार्वजनिक ब्यामशालामा नगर कार्यपालिका सदस्य आउदा गेट खोलिदैन र नखोल्न भनिएको छ भनिन्छ तर यहाँ क्वाटरमा महिला आँउदा कसरी प्रवेस पाईन् ? महिला र रक्सि कसरी नगरपालिकाको सरकारी क्वाटरमा पुग्यो ? यस बिषयमा छानविन जरुरी छ, दमक नगरपालिका कार्यपालिका सदस्य शारदा भट्टराइले भनिन् । यो घटनालाई सामान्य रुपमा लिन सकिदैन र यसमा संलग्नहरुको पहिचान जरुरी छ, उनको भनाई थियो ।
एउटा सामुदायिक बिद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवस्थामा रंगरोगन गर्न बजेट माग गर्न आँउदा यता र उता गरेर लामो समय हल्लाईएको तर रातारात नगरपालिका परिसरमा रहेको आवास गृहमा रंगरोगन गरिएको भन्दै यस बिषयमा पनि कार्यापालिका सदस्यहरुले जिज्ञासा राखे । भिडियो बाहिरिएपछि नगरपालिका नै उक्त घटनालाई ढाकछोप गर्न लागिरहेको आरोप लाग्ने गरी रंगरोगन कसरी भयो ? यस बिषयमा पनि जानकारी पाउनु पर्यो, भट्टराइले भनिन् ।
दमक नगरपालिका प्रमुख रामकुमार थापाले घटनाको बिषयमा आफु पनि गम्भिर भएको जनाए । उनले मंगलवार विहान कार्यपालिकाको बैठक पनि बोलाइने जानकारी दिदै नगरपालिकाले दोषीलाई बचाउने कुरै नआउने स्पष्ट पारे । उनले निरौलालाई हाजिर गर्न नदिईने स्पष्ट पारे । संघीय मन्त्रालयलाई घटनाको बिषयमा जानकारी गराउदैछौ, उनले भने । आफुलाई आईतवार ढिलामात्र घटनाबारे थाहा भएको उनको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत निरौला आफ्नो र नगरपालिकाको सम्पर्क नरहेको पनि थापाको भनाई थियो । कार्यपालिका सदस्यहरुले भने अनुसार नै अघि बढ्ने जनाउदै नगरपालिका तथा नगरबासीको शिर निहुरने गरी हुने कार्य आफुलाई पनि स्वीकार नहुने थापाले बताए । नगरपालिकाको धारणा सार्वजनिक भइसकेको छ नयाँ कदम चाल्ने बिषयमा कार्यपालिका वैठकबाट आवश्यक निर्णय लिने उहाँले स्पष्ट पार्नु भयो ।
कार्टुन सामाजिक सञ्जालबाट साभार

