पदम बरालले रोटरी क्लव अफ दमकको नेतृत्व सम्हाले
दमक/ अन्तराष्ट्रिय सञ्जाल भएको सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ दमकको १२ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । दमक १ स्थित मातृभुमी सदनमा शुक्रबार साँझ आयोजित पदस्थापन तथा फेलोसिप कार्यक्रममा क्लबका पूर्व डिस्ट्रिक गभर्नर बासुदेव गोल्यानको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा क्लबका अध्यक्ष पदम बराललाई तत्कालिन अध्यक्ष पशुपति बरालले अध्यक्षको चेन हस्तान्तरण गरे ।
अध्यक्ष बराललाई प्रमुख अतिथी गोल्यानले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए भने अध्यक्ष बरालले आफू नेतृत्वको बोर्डका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
सो अवसरमा तत्कालिन अध्यक्ष पशुपती बरालले क्लबले सञ्चालन गरेका गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए भने पूर्व अध्यक्ष भरत चम्लागाइँले क्लबका नवआगन्तुक सदस्यहरुको परिचय गराएका थिए । सो क्लबमा नयाँ सदस्यका रुपमा पर्यटन व्यवसायी केदार बस्नेत र प्राध्यापक हरी दाहाललाई स्वागत गरिएको थियो ।
सो अवसरमा युवा पत्रकार बिष्णु सुब्बालाई उषा चापागाई रोटरी दमक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रोटरी क्लव अफ दमकले वितरण गरिआएको सो नगद ७ हजार राशीको सो पुरस्कार यसवर्ष पत्रकार सुब्बालाई प्रदान गरिएको हो । उनलाई पुरस्कारसँगै प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सुब्बालाई रोटरीका पूर्व डिस्ट्रिक गर्भनर गोल्यान, नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई तथा दाता परिवारका तर्फबाट उषा चापागाई फाउण्डेशनका संरक्षक दिपु चापागाई ( सन्दिप ) लगायतले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।


