रास्वपा सभापती रवि लामिछाने सहित रास्वपाका नेता तथा सांसदहरु दमक आँउदै
दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने सहितका केन्द्रिय नेताहरु दमक आउने भएकाछन् । दमक सहित झापाका बिभिन्न कार्यक्रममा सहभागि हुन भदौ १ र २ गते लामिछाने सहितका नेता झापा आउने भएकाहुन् ।
सभापति लामिछाने भदौ १ गते दिउसो अपरान्ह २ बजे दमकको गोर्खा डिपार्टपेन्ट स्टोर अगाडि हुने बृहत जनसभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा दमक नगर कोशाध्यक्ष मिलन आचार्यले बताए ।
जनसभालाइ सभापति लामिछाने सहित महामन्त्री डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार , केन्द्रिय सदस्य रमेश प्रसाईं, संघीय साँसदहरु मनिष झा, अशोक चौधरी, निशा डाँगी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दूई दिनसम्म झापामा बिभिन्न कार्यक्रमहरु रहने र लामिछाने सहितको रास्वपाका नेताहरुले शान्तीनगरमा सुकुम्बासी बस्ति र बाहुन्डागीको हात्ती प्रभावित क्षेत्रमा स्थलगत अवलोकन, कन्काइमा सन्थाल समुदायसंग भेटघाट र छलफल कार्यक्रम तय भएको जनाईएको छ ।
झापाका बिभिन्न ठाँउहरुमा कार्यकर्तासंग भेटघाट र सभाहरुको आयोजना हुने रास्वपा झापा संयोजक उमेश खरेलले बताए ।


