२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित डिम्याक्स हल सहित नेपालभर जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऐंचो पैंचो’ले दमकमा पनि सुखद शुरुवात गरेको छ । दमक महलमा रहेको डि-म्याक्सका संचालक रेवत बस्नेतका अनुसार चलचित्रले राम्रो शुरुवात गरेको छ । स्थानीय क्षेत्रमा भएको छायाङ्कन रहेका कारण पनि यसको यहाँ महत्व बढ्ने अपेक्षा लिइएको उनले बताए ।

राजनीतिक बिकृती र विकृतीको राजनीतिलाई सुधार गर्नेबीचको कथा रोमाञ्चक नै छ । युवाहरुको विदेशीनु पर्ने पीडा र बाकसमा शव आउने अवस्थाको चित्रणले चलचित्र हेर्दा भावुक बनाउछ । प्रेम कहानीलाई पनि रोचक तवरले प्रस्तुत गरिएको छ ।

काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएको मुख्य बिषयबस्तु रहेको छ । पूर्वी नेपालको मधुमल्ला लगायतका रमणीय स्थानमा खिचिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी ९प्रनव० प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।