‘समृद्ध नेपाल, सुखी नेपाली’ बिषयमा किशोरकिशोरीसंग साक्षत्कारका लागि दमक आँउदै ओली
दमक/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ४ गते आफ्नो गृह नगर दमक आउने निश्चित बनेको छ । राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटीले आयोजना गर्ने समृद्ध नेपाल सुखी नेपाली बिषयको वक्तृत्वकला तथा साक्षात्कार कार्यक्रममा सहभागि हुन ओली दमक आउने निश्चित भएको युवा संघको नगर कमिटी अध्यक्ष विवेक शर्मा भट्टराईले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएकाछन् ।
ओली प्रधानमन्त्री भएको समयमा सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नाराको बिषयमा किशोरकिशोरी तथा माध्यमिक तहका बिद्यार्थीहरुको धारणा बुझ्न बक्तृत्वकला सहितको कार्यक्रम राखिएको छ । वक्तृत्वकलामा प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले नगद ११ हजार, तृतीय हुनेले नगद ७,५०० र सान्तवना स्वरुप दुई जनालाई जनही ५ हजारका दरले पुरस्कार पनि पाउनेछन् ।
ओलीले त्यो समयमा समृद्ध नेपाल, सुखी नेपालीका नौ राष्ट्रिय लक्ष्य प्राप्त गर्नका लागि केही योजना पनि अघि सारेका थिए । ति यस्ता थिए
समृद्ध नेपाल, सुखी नेपालीका नौ राष्ट्रिय लक्ष्य
१. उच्च र समतामूलक राष्ट्रिय आय
२. मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग
३. सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तरआबद्धता
४. उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
५. परिष्कृत तथा मर्यादित जीवन
६. सभ्य र न्यायपूर्ण समाज
७. स्वस्थ र सन्तुलित पर्यावरणीय पद्धति
८. सुशासन
९. कानुनी शासन

