२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन सहकारी संस्थाले आफ्नौ १३ औ साधरणसभा सभा सम्पन्न गरेको छ । बिभिन्न कल्याणकारी योजनाहरुलाई प्रभावकारी रुपमा अधिकतम् सदस्यसम्म पुर्याउने,  समय अनुसार प्रविधियुक्त कारोबार गर्दै लैजाने र सदस्यहरुको आवश्यकता तथा मागलाई परिपुर्ति गर्ने गरी लाग्ने सहकारी संस्थाका संचालक समितिका अध्यक्ष गोपाल भट्टराईले बताए ।

मूलकमा कठिन आर्थिक अवस्था रहदा समेत सहकारीले गरिरहेको प्रगती र कारोबार उत्कृष्ठ रहेको साधरण सभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालले बताए । उनले जिल्लामा नै उत्कृष्ठ सहकारीमध्ये यो पनि पर्ने भन्दै प्रशंशा पनि गरेकाछन् । उनले सहकरी संस्थालाई बद्नाम गराउनेहरु प्रति सचेत हुन पनि आग्रह गरे ।

मोरङको पथरीशनिश्चरे, मिक्लाजुङ र दमकमा सेवा केन्द्र रहेको सहकारी संस्थाले पछिल्लो बिग्रदो आर्थिक अवस्थामा समेत ६३ करोडभन्दा बढिको कारोबार गरेको भन्दै कार्यक्रममा सहभागि बक्ताहरुले यो सहकारीप्रतिको विश्वास भएको बताएका थिए ।

मिक्लाजुङ गाउँपालिका प्रमुख बबिकुमार राई, राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखा प्रमुख विवेक रिजाल, उद्योग वाणिजय संघ उर्लाबारीका अध्यक्ष शेरबहादुर भण्डारी लगायतले सुदर्शन सहकारी संस्थाले सहकारीका सदस्यहरुलाई दिएको सुविधा तथा सदस्यले गरेको विश्वास अनकुरणयोग्य भएको जनाए ।

सहकारीले सन्तान प्राप्ति खुशियाली योजना, प्राकृतिक राहत कोष योजना, शल्यक्रिया राहत योजना, अशक्त राहत योजना, स्वास्थ्य सुधार राहत योजना, छात्रबृति योजना, मृतक राहत कोष, अङ्गभङुग भएमा बिमा तथा राहत योजनाहरु ल्याएको छ । सहकारी संस्थाका कार्यकारी प्रमुख थरेन्द्र राज पौडेलले सदस्यहरुको आर्थिक र सामाजिक रुपाण्तरणका लागि आफुहरु लागि परेको जनाए । कारोबार धेरै देखाउने होडबाजीमा हामी जानु छै तर सदस्यहरुलाई कसरी धेरैभन्दा धेरै सेवा सुविधा दिन सकिन्छ भन्नेमा जान्छौ, उनले भने ।

संस्थामा ५ करोड १५ लाख ९२ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेकोछ ।