२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ दमकबाट प्रकाशित हुदै आएको निष्कर्ष न्यूज साप्ताहिक पत्रिकाले दशैतिहार विशेषाङकका प्रकाशन गरेको छ । दशैं तिहारको अवसर पारेर निकालिएको सो विशेषाङको संक्षिप्त कार्यक्रमकाबीच सोमबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले लोकार्पण गरे ।

सो अवसरमा नगर प्रमुख थापाले दमकमा सञ्चालित सञ्चारमाध्यमहरु र कार्यरत पत्रकारहरुबीच दमकको बिकासमा ऐक्यबद्धताको खाँचो औंल्याए । दमकका सवै सञ्चारमाध्यमहरुको विकासमा स्थानीय सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताउँदै कलमजीविहरुले आफनो पेशामा कुनै किसिमको आग्रह पूर्वाग्रह राख्न नहुने बताए ।

पत्रकारितामा अढाई दशक लामो अनुभव सम्हालेका पत्रकार बिष्णु सुब्बाको नेतृत्वमा सम्पादन भएको सो विशेषांकको सम्पादन मण्डलमा साप्ताहिकका कार्यकारी सम्पादक बिष्णु पौडेलको समेत सहभागिता छ । सो विशेषाकंमा नेपाली संस्कार संस्कृती, सन्थाल जातीको साँस्कृतिक नाच, सहकारी क्षेत्रका बिद्यमान समस्याहरु र निदानका उपायहरु, शैक्षिक मुद्धाहरु लगायतका बिषयहरु समेटिएको छ ।

बिशेषांक लोकापर्ण समारोहमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भटटराई, दमक युथ क्लवका अध्यक्ष पारषमणीा आचार्य ,सचिव सञ्जित रौनियर ,पत्रकार श्याम लम्साल लगायतको उपस्थिती रहेको थियो ।