२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

रातको साढे १ तिरको समय भएको रहेछ । देउमाया बोहोराले घरको टीनमा चट चट गरेको आवाज सुन्नु भयो । के भएछ भनेर यसो उठेर हेर्दा तर गाई बाख्रा बाँध्ने ग्वालीबाट उठेको आगोले घरको टीन नै जल्न थालेको रहेछ । केही बचेको लुगा नजिकै धान काटेको खेतको गरामा बसेर चिउडोमा हात राखेर मनिलो अनुहारमा बस्नु भएकी बोहोराले घटनाबारे बताउनु भयो ।

झापाको दमक वडा नं. ३ मा गए राती एक्कासी आगलागी हुँदा दुइ वटा ग्वाली र घर जलेर नष्ट भएको छ । आगलागीमा परेर ग्वालीमा बाँधेको ४ वटा बाख्रा समेत जलेर मेरका छन् । साढे एक बजे तिर एक्कासी ग्वालीबाट उठेको आगोले मनबहादुर बोहोरा र शर्मिला कार्कीको घर र ग्वाली जलेर खरानी बनेका छन् ।

आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुन, घरका मालमाता र भौतिक संरचना सहित झण्डै ४० लाख बढीको क्षति भएको पीडित घरमुली मनबहादुर बोहोराले बताउनु भयो । बोहोराका अनुसार ग्वालीबाट उठेको आगो नियन्त्रण गर्न नसक्ने गरी बलिसके पछि थाहा पाएर उठ्दा बाख्रा र गाइ जल्न लागेका थिए । हतार हतार गरेर मान्छे बचाउन लाग्नु भयो । अनि खुकुरीले गाइको दाम्लो काट्न भ्याउनु भयो । तर ४ वटा व्याउने बाख्रा हेर्दा हेर्दै जलेर अंगार बने । बोहोरा जेठा छोरा कुवेरले समेत आगो नियन्त्रण गर्न हदै प्रयास गर्नु भयो । तर उपाय चलेन बरु उल्दै आफ्नो हात र कुमको केही भागमा आगोले जलायो । दमकल पुग्दा नपुग्दै धेरै क्षति भएकाले बोहोरा परिवारले केही ओढ्ने सिरक र एउटा दराजबाहेक सवै जलेर नष्ट भयो ।

तिहारको वेला बोहोराको घर पूर्णरुपमा जलेर खरानी बने पछि साँझबाट कहाँ बस्ने भन्ने नै समस्या भएको पीडित परिवारले दुखेसो पोखेका छन् । सवैजना सुतेको वेला एक्कासी आगो कसरी लाग्यो भन्ने थाहा नभएको पीडित परिवारकी सदस्य देउमाया बोहोराले बताउनु भयो ।