दुखद खबर-झापामा हात्तीको आक्रमणमा एकको मृत्यु
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।
मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रहरी निरीक्षक गिरीले बताए ।
उनको शव स्थानीय बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए ।-सांकेतिक तस्विर गुगलबाट झिकिएको हो

