२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

झापाबाट काठमाडौं जादै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ।

बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा २७ जना घाइते छन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। बस चालक र ट्रक चालकसहित अर्का एक जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

काकरभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको यात्रुबहाक बस र मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक ठक्कर खाएको थियो।