जसपाको झापा नेतृत्वमा फेरि दिपेनवाला राइ
दमक/ जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले पिन दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यसभन्दा अघि नि राई अध्यक्ष रहेका थिए ।
समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई, धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्बु चयन भएका छन् ।

