२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ “एशोसिएसन् फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टिनेबल पार्टनरसिप जापान” द्वारा आयोजना हुने विकासोन्मुख राष्ट्रहरूमा दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यले हुने विशेष कार्यक्रममा झापा दमकका सागर श्रेष्ठ छनोटमा परेर जापान गएकाछन् ।

जापानको टोकियोमा फ्रेबुअरि ७ देखि २० गते सम्मआयोजना हने अन्तर्राष्ट्रिय तालिममा भाग लिन नेपालको तर्फबाट श्रेष्ठ त्यहाँ गएकाहुन् ।

यस कार्यक्रममा यूरोप ,एशिया , मध्यपूर्बी एशिया, लेटिन अमेरिका र अफ्रिककाका बिभिन्न देशहरूका १८ जना प्रतिनिधीहरू सहभागि हुनेछन् । यसमा नेपालका श्रेष्ठ छनोटमा परेकाहुन् । जापानमा ठुला सफल कम्पनीहरुको सञ्चालन र ब्यवस्थापन नजिकबाट हेर्ने मौका मिल्ने बताईएको छ । यसबाट शैद्धान्तिक ज्ञानका अतिरिक्त ब्यबहारिक ज्ञान प्राप्त गरिने श्रेष्ठले बताए ।

टोयोटा, कोमात्सु जस्ता विश्व प्रशिद्ध कम्पनीहरूको अवलोकन हुने भएकाले यसबाट आफु उत्साहित रहेको श्रेष्ठले जनाए । जापान स्थित टोकियो विश्वविद्यालयका प्राध्यापक र सिनियर कन्सलटेन्टहरूबाट दिईने यो तालिम विकासोन्मुख देशहरूमा आवश्यक लगानी गरेर थोरै मात्रामा भए पनि देशको आर्थिक मुहारमा परिवर्तन गर्न कोशेढुंगा सावित हुने बताईएको छ ।

यो कार्यक्रम अन्र्तगत विकासोन्मुख देशहरूलाई सेवा दिन र आर्थिक र प्राविधिक सहयोग मार्फत पारस्परिक आर्थिक विकासलाई सक्षम पार्ने र मानव सञ्जालको स्थापना मार्फत पारस्परिक मित्रता बढाउने मिशनमा आधारित रहेको छ । जापान र अन्तर्राष्ट्रिय समुदायको दिगो विकासमा योगदान पु¥याउने विभिन्न गतिविधिहरू अन्र्तगतको यो कार्यक्रम हो ।

यस तालिमले सहभागीहरूलाई जापानी कम्पनीहरूको उन्नत व्यवस्थापन सीपहरू सिक्न सक्षम बनाउँने छ । त्यहाँको सिकाईले यहाँ शुरु गर्ने ब्यवसायको ब्यवस्थापनमा सहयोगी बन्नेछ ।

दमकको झापा मोडल अग्रेजी स्कूलका निर्देशक तथा युवा उद्यमशिल युवाहरुले बनाएको फोरमसंग सम्बद्ध श्रेष्ठ सन् २०१३ मा अष्ट्रेलियन सरकारले प्रदान गर्ने पूर्ण छात्रबृत्ति प्राप्त गरि आफ्नो अध्ययन गरेका थिए । उनले आफ्नो स्कूललाई पुर्वको नमुना नीजि बिद्यालयको रुपमा विकास गर्दै आएकाछन् । श्रेष्ठ रोटरी क्लब दमकका भाईस प्रिसिडेन्ट ,टोष्टमाष्टर क्लव दमकका चार्टर प्रमुखहुन् ।