२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ २ बर्षअघि देखि रोकिएको दमक गोल्डकपको जिम्मेवारी नीजि क्षेत्रलाई दिएर आफुहरु गर्न तयार रहेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँइले बताएकाछन् । दमक गोल्डकप गर्ने दमक नगरपालिकाको कुनै तयारी देखिदैन ।

यस बिषयमा प्रभावकारी न्यूजमा रहेको मैले जे देखे, त्यहि लेखे स्तम्भमा दमक गोल्डकपबारे आएको लेख शेयर गर्दै गुरागाईले निजि क्षेत्रलाई जिम्मेवारी दियोस हामी सुरु गर्छौ, लेखेकाछन् ।

https://prabhabkarinews.com/2024/03/06/21/28/23378/?fbclid=IwAR1z5BkzX4wRPcpIMlI9qOztuNUYn5MquI-gpqUV2y9rWgqdDbDPS-T3Wzo

२०७८ सालमा प्रस्तावित मदन भण्डारी अन्तराष्ट्रिय रंगशालामा अन्तिम पटक दमक गोल्डकप भएको थियो । त्यसपछि दमक गोल्डकप हुन सकेको छैन । दमक नगरपालिका आफैले दमक गोल्डकपको आयोजना गर्दै आएको थियो ।