२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

झापाको गौरादह नगरपालिका ७ योगिटारकी ९० वर्षिय नरमाया विश्वकर्माको घर पछाडी मलखाडीमा पुरिएको अवस्थामा शव फेला परेको छ । नरमाया फागुन २५ गतेदेखि सम्पर्क विहिन रहेकी थिइन् ।

उनको हत्याको अभियोगमा मृतकको नाती धिरज विश्वकर्मा र उसका साथीहरु टंक दर्नाल,राजु मल्लिक र बहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक महिलाले लगाएको सुनको गहना र बृद्धभत्ता हात पार्नको लागि साथीहरुसंग मिलेर हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्माको शवलाइ पोष्टमार्टमको लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।-नयाँपेपरबाट साभार