२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ झापा दमकका अध्यक्ष लोकेश सापकोटा (लोकनाथ) ले मंगलवार आफ्नो जन्मदिन झापाको पुकार​ अपाङ्ग अशक्त समाज सुरुङ्गामा मनाएकाछन् । क बर्ग अति अशक्त अपाङ्गता भएका बालबालिकहरुसंग उनले जन्मदिन मनाएकाहुन् ।

सो अवसरमा उनले समाजलाई ५ थान सिलिङ पङ्खा पनि उपलब्ध गराएकाछन् । गर्मीमा बालबालिकाहरुलाई समस्या पर्ने देखेर र त्यहाँको आवश्यकतालाई ध्यान दिएर यो उपलब्ध गराईएको उनले जनाएकाछन् ।

सो अवसरमा लायन्स क्लव अफ इन्टरनेशन ३२५ सिका सेकेण्ड भिडिजि बबरजंग थापाले जहाँ आवश्यकता त्यहाँ लायन्स पुग्ने गरेको जन्मदिन पनि यस्तो ठाँउमा आएर मनाएको भन्दै यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

सिलिङ पङ्खा बितरण कार्यक्रममा लायन्स लिडर लिला चिमोरिया, लायन्स क्लव अफ झापा दमकका संस्थापक अध्यक्ष अशोक चौधरी लगायतको उपस्थिति रहेको थियो ।

समाजकी संचालिका निर्मला ओझाले जे आवश्यकता थियो त्यही सामाग्रि ल्याएकोमा आभार प्रकट गरिन् । उनले बिगतमा पनि बिभिन्न लायन्स क्लवहरुबाट यहाँ सहयोग हुँदै आएको जनाइन् ।