एकै परिवारका ३८ जनाले एकैसाथ दमक डि-म्याक्समा हेरे महाजात्रा
दमक/ झापा दमकमा एउटै परिवारको ३६ जना एकैचोटी महाजात्रा फिल्म हेरेकाछन् । घररिवार सबै सल्लाह गरेर एकैसाथ दमकस्थित दमक महलमा रहेको सुविधा सम्पन्न फिल्महल डिम्याक्समा उनिहरुले फिल्म हेरेकाहुन् । मोरङ उर्लाबारीको एक भण्डारी परिवार दमक डिम्याक्स आएर चलचित्र हेरेको डिम्याक्स हल सञ्चालकमध्येका एक रेवत बस्नेतले जनाए । महाजात्राले दमकमा पनि राम्रो ब्यापार गर्दै आएको जनाईएको छ ।

