२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित लाइफलाइन हस्पिट्लको डायलसिस सेवासंग जोडिएको एक होटलबाट शुरु भएको भीषण आगलागी नियण्त्रणमा आएको छ ।

लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा क्षति पुग्नुको साथै डायलसिस सेवा प्रदान गर्ने भवनका सामाग्रिहरु जलेर नष्ट भएको छ । छेउमा रहेका दूईवटा होटल जलेर खरानी भएकाछन् ।

आगलागी नियण्त्रणका लागि दमक, उर्लाबारी, पथरी कमल पालिकाका दमकलहरुले आगो नियण्त्रणमा लिएको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी खटिएका थिए ।

एकघण्टाभित्रमा आगलागी नियण्त्रणमा आएको जनाईएको छ । क्षति विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/prabhabkari/videos/939194161033927