स्वास्थ्य बीमा कार्यक्रम-परिपत्र एउटा हल्ला अर्को ! प्रथम सेवा विन्दु सरकारी अस्पतालमात्र
काठमाडौँ । सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने परिपत्र गरेपनि सामाजिक सञ्जालमा पाउने भनेर ब्याख्या गर्दै स्टाटसहरु आउने थालेपछि अन्योल सिर्जना भएको छ ।भएका छन् ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ९६० तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ९(छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने र साउन १ गतेदेखि यो कार्यन्वयनमा ल्याउने परिपत्र बिमा बोर्डले गरेको थियो ।
स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पठाएको सूचनामा भनिएको छ, ‘प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ ।’
यो निर्णयले देशभरका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा व्यापक प्रभाव पार्ने देखिएको छ। हालसम्म यी संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए ।
स्वास्थ्य बीमा बोर्डले सामाजिक सञ्जालमा लेखेको छ-हाल केही सामुदायिक तथा निजि सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट समेत प्रथम सेवा विन्दुको रुपमा सेवा प्रदान भइरहेको पाइएकोमा आगामी २०८२।०४।०१ बाट उक्त सेवा प्रदायकहरु प्रथम सेवा विन्दुको रुपमा नरहने जानकारी गरिन्छ ! हाललाई अन्य नयाँ व्यवस्था लागू नभएको समेत जानकारी गराइन्छ !


