झापामा घट्यो दुखद घटना-२ जनाको मृत्यु
झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । सो दुर्घटनामा स्कुटर चालक कचनकवल गाउँपालिका-३ डाकुपाराका ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारत जिल्ला किशनगंज डिघलबैक थाना करलाबारी –१४ बस्ने २७ वर्षीय सुरज टुडूको मृत्यु भएको हो ।
स्कुटरमा सवार राजवंशीकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र नाति ३ वर्षीय आयुष राजवंशी गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
आज दिउँसो ३.४० बजे बाह्रदशी गाउँपालिका १ खयरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुध्दा दुवै चालकको मृत्यु भएको हो ।

