२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ९ महिना अगाडि

झापा/ सिक्किमको प्रमुख राजनीतिक दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पार्टी प्रवक्ताको रूपमा बिरेन्द्र ताम्लिङलाई नियुक्त गरेको छ ।

यस नियुक्तिसँगै ताम्लिङले  सी.पी. शर्माको स्थानमा प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । ताम्लिङ केही समय अघि मुख्यमन्त्री पी.एस. गोलेका प्रेस सल्लाहकारका रूपमा नियुक्ति भएका थिए ।

पत्रकारिता पृष्ठभूमिबाट आएका अनुभवी सञ्चारकर्मी तथा कुशल विश्लेषकका रूपमा उनि चिनिदै आएकाछन् । यो नियुक्तिसँगै पार्टी र सरकारबीच सशक्त समन्वय र जनसञ्चार सुदृढ हुने अपेक्षा गरिएको बताइन्छ ।

नियुक्तिपछि ताम्लिङले सामाजिक सञ्जालमा लेखेकाछन्-

हार्दिकताको साथ धन्यवाद !

सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले मलाई विस्वास गरेर पार्टीको गरिमामय पद “पार्टी प्रवक्ता” मा नियुक्त गर्नु भएको छ । यो पद अति गहन र मार्यादित साथै जिम्मेवारीपुर्ण रहेको छ । पार्टी र नेताप्रति वफादारी, कर्तव्यनिष्ठा अनि पार्टीको संविधान र सिधाान्त अनुरुप रहेर जिम्मेवार निर्वाह गर्नेमा प्रतिबद्धता जाहेर गर्दछु । पुनः एकपल्ट अति आदरणीय पार्टी अध्यक्ष सहित सम्पुर्ण क्रान्तिकारी योद्धाहरुप्रति धन्यवाद/कृतज्ञता प्रकट गर्द्छु ।

बिरेन्द्र ताम्लिङ
प्रवक्ता
एसकेएम पार्टी
17/07/2025