२०८२ अशोज १२, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

दमक/मुख्य कार्यालय दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २९औं वार्षिकोत्सव तथा ३१औं साधारणसभामा सदस्य सन्तानका लागि नयाँ शैक्षिक प्रोत्साहन योजना घोषणा गरेको छ।

अध्यक्ष नारायणप्रसाद भट्टराईका अनुसार, सहकारीका विषयमा पीएचडी गर्ने सदस्य सन्तानलाई रु १ लाख अध्ययन खर्च प्रदान गरिनेछ। यसबाहेक, एसईईमा जिल्ला प्रथम हुनेलाई रु ५० हजार४ GPA ल्याउनेलाई रु २५ हजार छात्रवृत्ति दिने कार्यक्रम पनि ल्याइएको छ।

साधारणसभामा रु २ करोडको लागतमा आफ्नै विद्यालय सञ्चालन गर्ने प्रस्ताव पनि पेस गरिएको छ। साथै, विद्यालयसँगै पानी उद्योग खोल्ने योजना कार्यान्वयनमा ल्याउने तयारी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए।

हाल सहकारीका १२ वटा सेवा कार्यालय (झापामा ६, मोरङमा ५ र इलाममा १) सञ्चालनमा छन्। ३ सय कर्मचारी र १७,८१७ शेयर सदस्य रहेको संस्थाले जन्मदेखि मृत्युसम्मका ३० प्रकारका सुविधा सदस्यलाई प्रदान गर्दै आएको छ।