२०८१ माघ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मुम्बई । भारत महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको ज्यान जानुका साथै २० जना बेपत्ता भएका छन् । जिल्लाका प्रशासनिक अधिकारीका अनुसार बाँध भत्किएको ठाउँभन्दा केही दुरीमा सात जनाको शव भेटिएको हो ।

मुम्बईबाट २ सय किलोमिटर दुरीमा रहेको कोंकण क्षेत्रमा बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो । बीबीसी मराठी सेवाका संवाददाता जान्हवी मुलेका अनुसार नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को टिम राहत र बचाउका सामाग्री, पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन् ।

पछिल्लो ४ दिनदेखि मुम्बईको कोंकणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो । जसको कारण मुम्बईको जनजिवन अस्तव्यस्त बनेको छ । मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ ।