२०८१ मंसिर २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

 

काठमाडौं । लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ६ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले देशैभरीबाट शुक्रबार अपरान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । अबिरल बर्षापछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ ।
यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन्।
त्यस्तै बाढीका कारण मोरङ र सुनसरीमा एकरएक गरी दुई जना बेपत्ता भएका छन् भने पर्सामा बाढीले बगाएर एकको मृत्यु भएको छ । त्यस्तै मोरङमा बाढीका कारण चार घर डुबानमा परेका छन् भने एक हजार घर प्रभावित बनेका छन्। रौतहटको लालबकैया नदीमा पानीको प्रवाह बढेका कारण उक्त क्षेत्र जोखिमपूर्ण बनेको छ।