२०८३ भदौ ५, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता १० घण्टा अगाडि

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको छ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले आक्रमण गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।