२०८३ भदौ ८, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १४ घण्टा अगाडि

झापा । ३ वर्षीया गरिमा चौधरीमाथिको जघन्य घटनाले आक्रोशित कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बलात्कारी र भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन ल्याउन सरकारसँग माग गरेका छन्।

“जब सम्म बलात्कारी र भ्रष्टाचारीलाई मृत्युदण्डको कानुन ल्याइँदैन, तबसम्म केही हुनेवाला छैन। जहिले बलात्कारका घटना भइरहने, जनता सडकमा चिच्याइरहने?” राईले प्रश्न गरेका छन्।

उनले संविधानमै मृत्युदण्डसम्बन्धी व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै ३ वर्षीया गरिमा चौधरीको घटनामा दोषीलाई कडा सजाय हुनुपर्ने बताएका छन्।

“संविधानमा मृत्युदण्डको कानुन बनाउनुस्, सरकार। तब मात्र निर्दोष गरिमा चौधरीको आत्माले शान्ति पाउनेछ,” अध्यक्ष राईले भनेका छन्।