२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा आठ बालबालिका समेत नौ जनाको मृत्यु भएको छ ।
एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए । मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झरेको थियो ।
बोल्जून नगरका मेयर मर्लाउ डेरामाले ट्रक ड्राइभरले ट्रक रोक्न खोजेपनि अनियन्त्रित भई पल्टिएको बताए ।
दुर्घटनामा ११ र १२ वर्षका आठ बालबालिका र एक जना अभिभावकको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा ट्रक चालक भने सकुशल रहेका छन् ।
गत महिना पनि पूर्वी कामारिन सुर प्रान्तको पहाडी इलाकामा ट्रक दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो ।