२०८३ जेष्ठ २४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

काठमांडौ: बिबादित गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट थापालाइ पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ  ।

थापाले यो भन्दा अधि तिजको अबसर पारेर बिच बिचमा भन्ने गितको गाएर चर्चामा आएका थिए ।थापाको यही गितलाइ केही मोडीफाइ गरेर दिपक राज गिरीको “छ माया छपक्कै” फिल्ममा पनि समाबेस गरिएको छ ।

‘‘सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’ उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ

यस्तो थियो थापाको बिबादित तिहार गित

https://youtu.be/qXZMA75caZY