तिहार नजिकिएसँगै गाउँ शहर झिलिमिली देखिन थाले !
तिहार नजिकिएसँगै उपत्यका लगाएत सबै प्रमुख सहरहरु, गाउहरु झिलिमिली हुन थालेको छ। घरहरु रंगिन, सफा सुग्गर गार्डेनमा धपक्क फुलेका साइपत्री फुलले साजी सजाउ देखिन थालेको छ |
तिहारका लागि किनमेल गर्नेको घुइँचो बजारमा देखिन थालेको छ। न्युरोड, असन, इन्द्रचोक, ललितपुरको पाटनलगायत मुख्य बजार र चोकहरूमा तिहारका लागि चाहिने सामान किन्नेको भीड देख्न सकिन्छ। कसैले घर झलमल्ल पार्न मैनबत्ती, माटोको दियो, विद्युतीय बत्तीलगायत किनिरहेका देखिन्छन भने कोही घरको आँगनमा रंगोली बनाउन रातो, पहेँलो, हरियो, गुलाबी, बैजनीलगायत रङ किनिरहेका भेटिन्छन्।
यो संगै मालाको डिमाण्डले फुल ब्यबसाहिलाई भने भ्याई नभ्याई छ|


