कांग्रेसले कास्की २ बाट खेमराज पौडेललाई उम्मेदवार बनाउने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले बुधबार पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
बाहिर कास्की २ बाट धनराज गुरुङ् उठ्ने चर्चा चलेपनि अन्तिम समयमा आएर काँग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कांग्रेसले उम्मेदवार बनाएका पौडेल पुराना नेता मानिन्छन |