२०८१ मंसिर २९, शनिबार
  • ५ वर्ष अगाडि

टोकियो:  तमु धिं जापानको ऐतिहासिक अधिवेसन यही आउदो डिसेम्बर ८ तारिक आइतबार सिन्जुकु स्थित गोल्ड मंकि रेस्टुरेन्टमा  हुने भएको छ ।

नोभेम्बर १७ तारिख, आईतवार सारंगी रेष्टुरेन्ट, ओमोरी मा बसेको तमु धिं जापानको पूर्ण कार्यसमितिको  बैठकले तमु धिं जापानको अधिबेशन डिसेम्बर ८ तारिकमा गर्ने निर्णय गरेको हो।

अधिबेशनलाई सफल बनाउन तमु धिं जापानले वरिष्ठ सल्लाहकार  अजिव (ओम) गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल समेत गठन गरेको छ ।

अधिवेशनवाट निर्बाचित नयाँ कार्य समितिको  सपथग्रहण भने ल्होसार कार्यक्रममा  हुने तमु धिं जापानले जनाएको छ । हरेक वर्ष  हुने तमुहरुको साँस्कृतिक पर्ब ल्होसार, तमु धिं जापानको यहि जनवरी ४ तारिक विविध सास्कृतिक कार्यक्रम सहित मनाउदै छ |