२०८१ कार्तिक १९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं :  ‘नेपालका लागि नेपाली’  एक संस्थाको नामबाट  गणतन्त्र,धर्म निरपेक्षता, संघिएताको बिरोध गर्दै आएको ज्ञानेन्द्र साही उर्फ ‘नेपालका लागि नेपाली’ अभियानबाट निस्काशित भएको छ।

नेपालका लागि नेपालि अभियानको  बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले साहिलाई निस्कासन गर्ने निर्णय गरेको हो |

शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले साहिसंग  सिदान्त नमिलेको बताएको छ । साहि पछिल्लो समय नेपालमा  आएको  परिबर्तनको बिरोध गर्दै, परिबर्तनका सम्बाहक बिशेषत नेकपाका अध्यक्ष प्रचण्ड र रेनु दाहाल बिरुद्धमा अबिब्यक्ति दिदै आइरहेका थिए |

नेपालका लागि नेपालीका अनुसार अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने  जनाएको छ । नेपालका लागि नेपाली अभियानले राजसंस्था पुनर्थापना, गणतन्त्र, धर्म निरपेक्षता  खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

बिज्ञप्ति

नेपालकालागि नेपालीको मिति २०७६।८।११ गते बसेको केन्द्रिय कार्य समितिको निर्णय बारे जानकारी

Posted by Surendra Bhandari on Wednesday, November 27, 2019