कास्की २ मा नेकपाको उमेद्वार बिद्या भट्टराई दोब्बर मतले अगाडी !

पोखरा : उपनिर्वाचन कास्की २ मा नेकपाका उमेद्वार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले पछी पारेकी छन् ।
भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत मात्र ल्याएका छन् । पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना हुँदा समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२, र साझा पार्टीकी रजनी केसीले ३ सय ५८ ल्याएका छन | यसैगरी राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत र विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् ।
अहिलेसम्म पोखरा महानगरको वडा नं ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ ।